आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने रविको विश्वास

डिसी नेपाल
२९ माघ २०८२ १३:२०
108
Shares

पाेखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।

बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक बुझ्न आफू बिभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका हुन्।

सवैले न्याय पाउने अदालतबाटै भएकाले कानूनी र अदालती प्रक्रियालाई आफुले सदैव सम्मान गर्ने उनले बताए।

उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैं उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको बताए। सभापति लामिछानेले आफूहरु कानूनी राज्य स्थापित गर्न हिँडेकाले कानूनी प्रक्रियालाई राम्रोसँग बहन गर्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.