लघुकथा : नो भोट
‘‘ओ झलक सर, मतदान गर्न गाउँ फर्कने हैन?” झरनाले आकस्मिक प्रश्न तेर्साइ। ‘‘मत नहाल्ने। गाउँ किन फर्कनु प¥यो र ?” झलकले सटिक उत्तर दियो।
झलक र झरना टीयू कीर्तिपुरका राजनीति शास्त्रका प्राध्यापक हुन्। राजनैतिक अधिकार र राजनीति उनीहरुलाई अद्योपान्त थाहा छ। मतदान नागरिकको अधिकार हो भन्ने पनि थाहा नभएको होइन। तथापि झलक राजनीतिबाट फ्रस्टेड छ। नेताहरुको व्यवहारप्रति खेद प्रकट गर्छ। मतदानको दुरुपयोग गरेर नेताहरु भ्रष्ट भएकोमा रुष्ट छ।
नातावाद कृपावाद परिवारवाद नेताहरुको दर्शन जस्तै छ। जनजीविवकाका सवाल हल गरिएको छैन। भूमिहीनको समस्या यथावत छ। गाँस, बास, र कपासको ग्यारेण्टी छैन। रोगले मानिसहरु पिल्सि रहेका छन्। शिक्षा, स्वास्थ्य, यातायात, संचार, विद्युत र खानेपानी जस्ता पूर्वाधार निर्माणमा राजनैतिक कार्यकर्ताको हाली मुहाली छ।
बेरोजगारी समस्या विकराल छ। रोग, भोक र शोकले जनता आक्रान्त छ। भ्रष्टाचार र कमिशनको खेलो फड्को भै रहेको छ। सुरक्षा स्थिति कमजोर छ। लाखौं युवा युवती विदेशिन बाध्य बनाइएको छ। चेलीबेटी बेचिएका छन्। बलात्कारका घटना सामान्य जस्तै बनेका छन्। सडक बालबालिकाको जीवन दयनीय छ। अपांगहरुको आवाज दमित बनाइएको छ। विकास र समृद्धिको सूचाङ्क नकारात्मक छ।
रेमिट्यान्सले कनि कुथी चलेको अर्थतन्त्र ऋणात्मक छ। जन्मदै लाखौं रुपयाँको ऋण बोकाइएको छ। खुशी हुने आधार केही छैन। भ्रष्ट नेताहरुलाई भ्रष्टाचारको अवसर पुनः किन दिने?
सिद्धान्तः झलक र मेरो विचार मिल्न पुगेको छ। झरना पनि वितृष्णाकै कुरा गर्छे। नदिउन्जेल अधिकार दिएपछि भ्रष्टाचार। मत वहिष्कार पनि राजनैतिक अधिकारै हो।
नो भोटको व्यवस्था गर सरकार।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ















Facebook Comment