निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड होः मन्त्री सिन्हा
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र रहेको धारणा राखे।
उनले भने ,‘राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र हो। निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो भन्ने मेरो विश्वास छ।’
त्यस्तै,मन्त्री सिन्हाले पर्यटन क्षेत्र लुतनात्मक रुपमा लाभको क्षेत्र भएको भएतापनि अपेक्षित अनुरुप लाभ हासिल गर्न नसकेको बताए। उनको अनुसार पर्यटकको औसत बसाई १४ दिन पुर्याउन पनि सकिएको छैन। औसत खर्च प्रतिदिन ४१ डलरको हाराहारीमा रहेको जानकारी दिँदै उनले त्यसलाई बढाउनुपर्ने आवश्यकता औल्याए।
उनले भने,‘पर्यटन क्षेत्र हाम्रो लागि लुतनात्तमक लाभको क्षेत्र हो। तर पनि अपेक्षित लाभ हासिल गर्न नसकेको यथार्त हामीमाझ छ। पर्यटकको औसत बसाई १४ दिन पुर्याउन पनि सकिएको छैन। औसत खर्च प्रतिदिन ४१ डलरको हाराहारीमा छ त्यसलाई पनि बढाउनुपर्ने छ। त्यसमा आम जनता र निजी क्षेत्रको अहम भूमिका रहन्छ।’
बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटनले पर्यटन क्षेत्रमा थप टेवा पुर्याउने उनको विश्वास छ।







डिसी नेपाल







Facebook Comment