अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा. भुसालको जोड

डिसी नेपाल
१ फागुन २०८२ १६:३६
16
Shares

काठमाडौं। राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुुसालले अध्यागमन ऐन २०४९ मा भिसाका आधार तोक्ने, विदेशीले पालना गर्नुपर्ने सर्त तोक्ने, भिसा नबीकरण रद्ध गर्न र महानिर्देशकका कामलगायतका विषयमा प्रत्यायोजित गरेर दुरुपयोग गरिएको बताएका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभाको १९औँ अधिवेशन बैठकमा सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिले अध्यागमन एन २०४९ र सो अन्तर बनेको प्रत्यायोजित विधानहरुको अध्ययन प्रस्तुत गरेकोमा नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाको अध्ययगमन सम्बन्धी ऐन अध्ययन गरेर यस्तो प्रतिक्रिया दिएको भुसालको भनाइ छ।

‘समितिले नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका देशको अनुगमन सम्बन्धी ऐन अध्ययन गरेको गरेको रहेछ,’भुसालले जानकारी दिंदै भने,‘भारतमा कम प्रत्यायोति गरेको तर पाकिस्तान र बंगलदेश जस्ता देशमा निरंकुश खालको शासन पद्धति छ। त्यहाँ धेरै अधिकार कार्यपालिकालाइ दिएको रहेछ।’

भुसालले जहाँ लोकतन्त्र, निरकुंश प्रवृत्तिको सरकार छ त्यहाँ प्रत्यायोजन कम हुने गरेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.