कांग्रेस सभापति थापाले भने- विरासत बोकेर कांग्रेस नयाँ रुपमा आएको छ, मत दिनुहोला

डिसी नेपाल
१ फागुन २०८२ १७:०९
8
Shares

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नै मतदान गर्न आग्रह गरेका छन्। सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा थापाले नयाँ पार्टीमा मतदान गर्न चाहनेहरूलाई कांग्रेस पनि पूरानो विरासत बोकेर नयाँ रुपमा आएकाले मतदान गर्न आग्रह गरेका हुन्।

‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किन हामी कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएका छौं,’ उनले भने।

देश युवाको काँधमा रहेको र धनकौलमा युवा सहभागिता देखेपछि खुशी लागेको उनले बताए। अब युवाले नै देश हाँक्ने भएकाले युवाहरूलाई सक्रियतापूर्ण भूमिका निर्वाह गर्न उनले आग्रह गरेका छन्।

‘सधैँ अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् ? तर, आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुशी भएको छु। उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु,’ उनले भने।

सभापति थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेकोमा जोड दिए। तर, त्यसअघि भोटमार्फत् कांग्रेसलाई जिताउनु पर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.