काठमाडौं २ मा उज्यालो नेपालका उम्मेदवार पवन पोखरेलद्वारा नगर नीति तथा प्रतिबद्धता सार्वजनिक

डिसी नेपाल
२ फागुन २०८२ १४:१०
12
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार पवन पोखरेलले आफ्नो नगर नीति, विकास योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

क्षेत्र नम्बर २ अन्तर्गत साँखुमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी काम गर्ने पार्टी भएको धारणा राखे । यहाँका उम्मेदवार पोखरेल सक्षम, स्पष्ट दृष्टिकोण भएका सशक्त युवा नेता भएको उल्लेख गर्दै ‘पवन पोखरेल जित्नु भनेको कुलमान घिसिङ जित्नु हो’ भनी मतदातासमक्ष समर्थनको अपिल गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.