जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

डिसी नेपाल
३ फागुन २०८२ २१:१६
20
Shares

कास्की। जावलाखेल युवा क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा आज सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा अपि चर्च ब्वाइज युनाइटेडविरुद्ध ३–० गोलसहित जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको हो।

जावलाखेलका लागि धर्वेन्द्र कुवँरले खेलको ४८औं मिनेटमा खाता खोले। पेनाल्टी क्षेत्रबाट गरेको प्रहार चर्चका गोलकिपर दीप कार्कीले फुत्काएपछि गोल भएको थियो। विदेशी खेलाडी निकोलसले ८८औं मिनेटमा अग्रता दोब्बर बनाए। इन्जुरी समयमा वैकिल्पक खेलाडीका रूपमा मैदान प्रवेश गरेका सुजन गुरुङले गोल गरेपछि जावलाखेल फराकिलो अन्तरले जित निकाल्न सफल भयो।

प्रतियोगितामा सोमबार मनाङ मस्र्याङदी क्लब र थण्डरबोल्ड नर्थ युनाइडेट सिक्कीमबीच खेल हुनेछ। यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोली सहभागी छन्।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेताले रु सात लाख एक हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.