मतपत्र छपाइ अन्तिम चरणमा

डिसी नेपाल
४ फागुन २०८२ ११:३६
4
Shares

भक्तपुर। प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न हुने जानकारी दिए।

उनले भने, “प्रत्यतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। प्रत्यक्ष तर्फका दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको पाँच लाख मतपत्र छपाइ आज दिनभरमा सक्दछौं, ४२ दिनको कार्यतालिका लिएर मतपत्र छपाइ सुरु गरेका थियौं ,आज ४० दिनमै सकिँदैछ।”

आज छपाइ सम्पन्न पछि भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकरे बाँकी जिल्लामा ढुवानी हुने उनले जानकारी दिए।

दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गरी लक्ष्यभन्दा अगाडि नै मतपत्र छपाइ गरिएको बताउँदै उनले केन्द्रले छपाइ सम्पन्न गरेको १० लाख नमूना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको बताए।

उनले दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी जिल्ला जिल्ला पठाउनेकार्य भइरहेको जानकारी दिए।

केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १२ गतेसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.