टी-२० विश्वकप: भारतसँग हार्दाहार्दै पनि पाकिस्तानले बनायो अनौठो रेकर्ड

डिसी नेपाल
४ फागुन २०८२ १५:५३
2.3k
Shares

काठमाडौं । १५ फेब्रुअरीमा भारत र पाकिस्तानबीच खेलिएको टी-२० विश्वकप २०२६ को खेलमा एउटा रोचक रेकर्ड बन्यो।

आइतबार भएको आईसीसी टी-२० विश्वकपको २७ औं खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको छ। यो जितसँगै भारतीय टोली सुपर ८ चरणमा प्रवेश गरेको छ।

टी-२० विश्वकपको इतिहासमा पहिलो पटक पाकिस्तानले ६ स्पिनर प्रयोग गर्दै कीर्तिमान कायम गरेको छ। यसअघि कुनै पनि टोलीले विश्वकप खेलमा ६ स्पिनर प्रयोग गरेको थिएन। यस खेलमा पाकिस्तानले १८ ओभर बलिङ गर्न स्पिनर प्रयोग गरेको थियो।

तीव्र बलिङका लागि परिचित पाकिस्तानले यस खेलमा तीव्र गतिका बलरहरूले केवल दुई ओभर मात्र बलिङ गरेका थिए। शाहिन शाह अफ्रिदीले दुई ओभर बलिङ गरे र निकै महँगो साबित भए।

पाकिस्तानले यसअघि अक्टोबर २, २०१२ मा कोलम्बोमा भएको आईसीसी टी-२० विश्वकपमा अष्ट्रेलियाविरुद्ध स्पिनरहरूले १८ ओभर र तेज बलर उमर गुलले दुई ओभर बलिङ गरेको थियो। पाकिस्तानले त्यो खेल जित्यो, तर यसपटक खेल पहिलेको जस्तो भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.