पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ

डिसी नेपाल
४ फागुन २०८२ १९:३२
848
Shares

काठमाडौं। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ।

प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौं आउँदै गरेको बा१९च ६९० नम्बरको कारबाट पुरीलाई पक्राउ गरिएको जानकारी दिए।

पुरीले कालो रङ्गको झोलाभित्र एक थान पेस्तोल र चार राउण्ड गोली लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.