कैलाली-५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी

डिसी नेपाल
५ फागुन २०८२ १२:३०
8
Shares

कैलाली। कैलाली क्षेत्र नम्बर-५ सुदूरपश्चिम प्रदेशको राजधानी हो। राजधानी मात्र नभई कैलाली-५ सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो। विगत देखिनै कैलाली-५ का मतदाताले स्वबिवेक प्रयोग गरेको पाइन्छ।

२०६४ को निर्वाचनमा तत्कालिन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली क्षेत्र नम्बर-६ (हालको क्षेत्र नम्बर-५) बाट संविधा सभाको निर्वाचन जितेकी थिइन्। २०६८ को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तत्कालिन नेता शेरबहादुर देउवाले चुनाव वितेका थिए। देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उप चुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जीत हाँसिल गरे।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपाका नारद मुनि रानाले जितेको कैलाली ५ मा २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा पनि कैलाली-५ का मतदाताले कसलाई मत दिने भन्ने निक्र्यौल गरिसकेका छैनन्।

तर पुराना दलप्रति आक्रोश भने बढी देखिन्छ। फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका विषयमा गरिएको स्थलगत रिपोर्टिङले कैलाली-५ मा यस पटक पनि फरक मत परिणाम आउने आँकलन भने गर्न सकिन्छ। धनगढी-३ की राधिका कार्की विगतमा आश्वासन दिएर जितेका दल र उम्मेदवारले काम गरेर दखाउन नसकेको बताउँछिन्। उनले यस पटकको निर्वाचनमा मत परिवर्तन गर्ने स्पष्ट सन्देश दिइन्।

धनगढी-३ की जेष्ठ मतदाता जानकी सिंह पनि विगतमा मत दिएर पठाएकाबाट सोचे अनुसार काम हुन नसकेको बताउँछिन्। विगतमा राजनीतिक दलले गरेका वाचा वोलिमै सिमित भएको उनको अनुभव छ। केही परिवर्तन भएपनि अपेक्षा अनुसार विकास हुन नसकेको सिंहको भनाइ छ।

धनगढी-३ कै मतदाता पार्वति धामी विगतमा भोट दिएर जिताएका उम्मेदवारले आफ्ना वाचा पुरा हुन नसकेको बताउँछिन्। धनगढीका स्वतन्त्र मेयर गोपाल हमालको कामको प्रशंसा गर्ने धामी दलबाट भने सन्तुष्ट देखिँदैनन्। अहिलेको पुस्ता नयाँ सोचका साथ अघि बढेकाले परिणाम पनि फरक आउन सक्ने धामीको भनाइ छ।

कैलाली-५ कै मतदाता माधव पनि जनतामा निरासा रहेकाले उत्साह नदेखिएको बताउँछन्। राजनीतिक दलले हालसम्म शासन गरेका दलहरुले सोचे अनुसार काम नगर्दा गरिबी बढेको ढकाल बताउँछन्। देशमा प्रयाप्त सम्भावना भएपनि दलहरुले त्यसलाई सदुपयोग गर्न नसकेको ढकालको भनाइ छ। परिवर्तन भएपनि सुस्त भएकाले नागरिकमा निरासा बढेको ढकाल बताउँछन्।

कैलाली-५ मा एक लाख १६ हजार मतदाता रहेका छन्। यस क्षेत्रबाट कांग्रेसका प्रदेश महामन्त्री नरनारयण शाह (मनु) एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, नेकपाका नेता प्रेम बहादुर आले, रास्वपाबाट आनन्दबहादुर चन्द चुनावि प्रतिस्पर्धामा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.