अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर
दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन्। त्यस क्रममा उनले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए।
त्यस क्रममा महिलाहरू संगठित रहेको बुहारी समूहले भेट्गरि ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो।
दमकको दक्षिणी भेगमा रहेको ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघिदेखि सो मोटरबोट सञ्चालनमा ल्याइएको छ।
सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछन्।
ओलीकै पहलमा दुवैतर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन्। दुवैतर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्प पहिचान गर्न पनि सहज भएको छ।







डिसी नेपाल







Facebook Comment