काठमाडौंमा अवतरण गर्नै लागेको विमान अवतरण गर्न नसकेर ढाका डाइभर्ट

डिसी नेपाल
६ फागुन २०८२ १४:४६
3.3k
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागेको टर्किश एयरको विमान अवतरण गर्न नसकेर ढाका डाइभर्ट गरिएको छ । टर्कीको इस्तानबुलबाट आएको विमान अवतरण गर्न खोज्दा प्राविधिक समस्या आएपछि ओभरसुट भएर ढाका डाइभर्ट गरिएको हो ।

समस्या विमानस्थलमा नभइ विमानमै भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । उडान नम्बर टीके ७२६ बुधबार बिहान ११:१० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो । टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।

उडान ट्रयाकिङ साइट फ्लाइटराडारका अनुसार यो विमान ढाकाबाट फेरि काठमाडौंका लागि उड्न रनवेमा आइसकेको छ । विमान अबको केही घण्टामा काठमाडौं अवतरण गर्ने अपेक्षा गरिएको छ । यसअघि २१ माघमा पनि टर्किसको जहाज काठमाडौंबाट उडे लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएपछि भारतको कोलकाता डाइभर्ट गरेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.