कांग्रेस केन्द्रीय समिति बैठकबाट प्रतिज्ञापत्र पारित

डिसी नेपाल
६ फागुन २०८२ १६:२७
40
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज भएको भर्चुअल बैठकले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र पारित गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको प्रतिज्ञापत्र सर्वसम्मत पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। कांग्रेसले आजै जनकपुरमा आयोजित विशेष समारोहमार्फत पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ।

प्रतिज्ञासभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका प्रमुख नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने प्रतिज्ञासभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रूपमा कांग्रेसले लिएको प्रवक्ता देवराज चालिसेले बताए।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञापत्रका बारेमा काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने र त्यसका लागि आज अपराह्न ४ः०० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रतिज्ञापत्रबारे जानकारी दिने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.