कैलाली-४ को खैरालामा १३ जना कांग्रेसमा प्रवेश

डिसी नेपाल
६ फागुन २०८२ २०:४९
132
Shares

धनगढी । चुरे गाउँपालिका-२ खैरालामा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा १३ जनाले प्रवेश गरेका छन्। चुरे गाउँपालिका वडा नम्बर २ खैराला गाउँमा आयोजित चुनावी सभामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

खैरालामा आयोजित चुनावी सभामा लक्ष्मण बलामी मगर, ओमबहादुर लामिछाने मगर, पहलबहादुर सिजापति मगर, सरिता सिजापती, लक्ष्मीदेवी जोल्मी मगर, खगीदेवी बलामी मगर, कमलादेवी सिजापती मगर, देवीसरा लामिछाने, मानबहादुर तारामी मगर, खगीदेवी तारामी मगर, खगीदेवी सिजापती, विष्नादेवी राना र पहलबहादुर दर्लामी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेहरुले निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आफूहरु गाउँ टोलबाट लाग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.