४ सय ३८ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
हेटौंडा। ठूलो परिमाणको लागूऔषध गाँजासहित मकवानपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय राम बहादुर मोक्तानसमेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो।
भीमफेदी गाउँपालिका-२ चुनियाबाट गाँजा करिब ४ सय ३८ किलोग्रामसहित प्रहरी चौकी भैसेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
साथै उनीहरूले प्रयोग गरेको लु.१ च २१५२ नम्बरको बोलेरो गाडी र बा. प्र.०३-००५ प ४५७६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment