टी-२० विश्वकप : आज कुन कुन टिम भिड्दै?

डिसी नेपाल
७ फागुन २०८२ ८:०५

काठमाडौं। जारी टी-२० विश्वकपमा आज तीन खेल हुँदै छन्। आज समूह सी अन्तर्गत इटाली र वेस्ट इण्डिजबीचको खेल बिहान ११:१५ बजेदेखि कोलकोताको इडेन गार्डेनमा हुँदै छ।

जारी विश्वकपमा वेस्ट इण्डिजले आफ्ना तिनै खेल जितेर सुपर आठमा पुगिसकेको छ भने इटालीले ३ मध्ये एक जित र २ हार बेहोरेर समूह चरणबाट बाहिरिइसकेको छ।

त्यस्तै आज समूह बी अन्तर्गतका श्रीलङ्का र जिम्बाबे कोलम्बोमा दिउसो ३: १५ बजेदेखि खेल्दै छन्। समूह बी बाट श्रीलंका र जिम्बाबे दुवै सुपर आठमा पुगिसकेका छन्। श्रीलंका आफ्ना तिनै खेलमा विजयी हुँदै सुपर आठमा पुगेको छ भने जिम्बाबेले ३ खेलमा २ जित र एक खेल वर्षाले हुन नसक्दा कुल ५ अंक हासिल गर्दै सुपर आठमा पुगेको छ।

त्यस्तै आज तेस्रो खेलमा समूह डी अन्तर्गतको अफगानिस्तान र क्यानडाबीच भारतको चेन्नईमा हुँदै छ। समूह डी बाट अफगानिस्तान र क्यानडा दुवै प्रतियोगिताबाट बाहिरिएका छन्। अफगानिस्तानले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने क्यानडाले तिनै खेलमा हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.