अघिल्लो निर्वाचनमा उम्मेदवार रहेका रास्वपा बागमती उपसभापतिले पार्टी छाडे

डिसी नेपाल
७ फागुन २०८२ १२:३१
684
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन्। उपसभापति हुमागाईंले ७ बुँदामा असन्तुष्टि पेश गर्दै राजीनामा दिएका हुन्।

उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमा चरम चलखेल भएको र पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै चाकडी गर्ने, खुसी पार्ने र वरिपरि घुम्नेलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ’, उनले भनेका छन्, गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँहिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदार बनाइएको छ।’

यसका साथै केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न र पार्टीको संरचनागत विकृति र निजी स्वार्थ रहेको उनको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.