आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्यो

डिसी नेपाल
८ फागुन २०८२ ११:१७
816
Shares

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.