एमालेको लडाकु दस्ताले दियो रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी

डिसी नेपाल
८ फागुन २०८२ ११:२८
1.9k
Shares

काठमाडौं । नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । फोर्सले रास्वपाका शीर्ष नेताले एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाएको र हिजो दाङमा आफ्नो पार्टीको झण्डा समेत जलाइएको भन्दै कारवाहीको माग गरेको छ ।

फोर्सले झण्डा जलाउने र आफ्नो नेतृत्वमाथि लान्छना लगाउनेमाथि प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको हो । फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

फोर्सले झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भन्दै यस्ता कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.