सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी सैनिक महाविद्यालयलाई

डिसी नेपाल
८ फागुन २०८२ २२:४५
20
Shares

काठमाडौं। ‘नेपाल एपिएफ स्कुल कीर्तिपुरको २१औँ स्थापना दिवस’का अवसरमा सञ्चालन भएको तेस्रो नेपाल एपिएफ स्कुल अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता–२०८२’कोे उपाधि सैनिक आवशीय महाविद्यालय सल्लाघारीले जितेको छ।

आज भएको फाइनल प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय सल्लाघारीले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई ६–१ गोलको अन्तरले पराजित गरी विजयी भएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उपाधि जित्न सफल सैनिक आवासीय महाविद्यालय सल्लाघारी तथा उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै स्थापना दिवसका अवसरमा नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई सहयोग पुर्याउने महानुभाव तथा सङ्घसंस्थालाई समेत कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रममा महानिरीक्षक अर्यालले स्थापना दिवसको गौरवपूर्ण अवसरमा विगतका प्रेरणादायी यात्राको स्मरण गर्नहुँदै नेपाल एपिएफ स्कुलले आगामी दिनमा शैक्षिक उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्दै अझ उचाइको शिखरतर्फ अग्रसर हुन आग्रह गरे।

उहाँले शैक्षिक तथा खेलकुदको क्षेत्रमा नेपाल एपिएफ स्कुल सक्षम, अनुशासित र विश्वासिलो संस्थाका रूपमा स्थापित हुँदै आएको चर्चा गर्नहुँदै सीमित स्रोतसाधनको अधिकतम तथा प्रभावकारी रूपमा प्रयोग गर्दै सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारणका सन्ततिहरूलाई गुणस्तीय, मूल्य आधारित र व्यावहारिक शिक्षा प्रदान गर्दै आइरहेको बताए।

महानिरीक्षक अर्यालले खेलकुद खेलमात्र नभई राष्ट्रको परिचयसमेत रहेको बताउँदै खेलमैदानमा उत्रिएपछि जित तथा हारभन्दा पनि खेलाडीले देखाएको इमानदारिता, अनुशासन र राष्ट्रप्रेमप्रतिको भावले राष्ट्रको गरिमा बढाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.