बालेन र ओली एकैपटक झापा जाँदै
काठमाडौं । झापा ५ मा उम्मेदवार रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह दुवै आज झापा जाँदैछन् । दुवैकाई आ-आफ्ना पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेकोले दुवैको एकैदिन झापा यात्रालाई चासोपूर्वक हेरिएको छ ।
ओली आज बिहान ११ बजे बिर्तामोडका होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सरिक हुनेछन् ।
त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् ।
चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन साह पनि स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् ।
उनका सहयोगी अर्जुन घिमिरेका अनुसार उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । अबका दिनपछि उनी आफू उम्मेदवार रहेको झापा–५ का कार्यक्रममै व्यस्त रहने भएका छन् ।







डिसी नेपाल







Facebook Comment