घोषणापत्र आमजनतासम्म पुग्नेमा शंका छ : खनाल
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सुरक्षा अवस्थाबीच प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वाम बुद्धिजिवी एवम् पेसाकर्मीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले वर्तमान सुरक्षा अवस्थाबीच निर्वाचन हुन लागेकामा चिन्ता व्यक्त गरे।
उनले गत भदौ २४ गते ९० हजार सरकारी बुलेट, १० हजारभन्दा बढी राइफल र १४ हजारभन्दा बढी कैदीबन्दी भागेको घटनालाई उल्लेख गर्दै यस्तो परिस्थितिमा फागुन २१ गते निर्वाचन हुन लागेको बताए।
उनले भने, ‘निर्वाचन कस्तो अवस्थामा भइरहेको छ त्यो सबैलाई थाहा नै छ। गत भदौ २४ गते ९० हजार सरकारका बुलेटहरु कब्जा भएका छन्। १० हजार भन्दा बढी राइफलहरु कब्जा भएका छन्। १४ हजार भन्दा बढी कैदीबन्दीहरु भागेका छन् यस्तो अवस्थामा फागुन २१ गते चुनाव हुँदैछ। भदौ २४ गते महाविध्वंस भयो। त्यही विध्वंसका अपराधिहरु आजसम्म एकजना पनि पक्राउ परेका छैनन्। ति अपराधीहरु खुलेआम हिँडिरहेका छन्। कोही नेता बनेका छन्, कोही उम्मेदवार बनेका छन्। यसरी हिँडिरहेका छन्।’
उनले उक्त ‘महाविध्वंस’मा संलग्न अपराधीहरू हालसम्म पक्राउ नपरेको र उनीहरू खुलेआम हिँडिरहेको बताए। खनालले सबै दलका नेताहरू नीति तथा कार्यक्रम लिएर चुनावी अभियानमा लाग्न बाध्य भएको उल्लेख गरे। दलहरूले घोषणापत्र जारी गरेपनि ती आम जनतासम्म पुग्ने वा नपुग्नेमा शंका रहेको उनको भनाइ थियो।
आफ्नो दलको घोषणापत्र हालै मात्र सार्वजनिक भएको उल्लेख गर्दै उनले श्रमिक, गरिब किसान तथा निम्नवर्गीय समुदायबीच त्यसलाई पुर्याउन कठिनाइ हुने बताए। देशमा विभिन्न खालका घटनाहरू घटिरहेकाले निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठिरहेको उनको धारणा थियो।







डिसी नेपाल







Facebook Comment