कुलमान नआएपछि निरास कार्यकर्ता, राजेशले गरे सम्बोधन
धनगढी। शुक्रबारदेखि कैलाली कञ्चनपुरमा रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ शनिबार कैलालीको अत्तरियामा आउने कार्यक्रम रहेको थियो। कुलमानले मध्याह्न १२ बजे अत्तरियामा आयोजित भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको थियो।
उज्यालो नेपाल पार्टीको गोदावरी नगर कमिटिले त्यस अनुसार मञ्च व्यवस्थापन र उद्घोषकको व्यवस्था पनि समेत गरेको थियो। तर कुलमान स्थलमा पुगेनन्। त्यसपछि कार्यकर्ता निराश हुँदै फर्कन थालिसकेका थिए। अन्ततः अध्यक्ष घिसिङ कार्यक्रममा नआउने जानकारी आयो। त्यसको कारण खुलाइएको छैन्।
तर आयोजकले भने कार्यव्यस्तताका कारण कुलमान आउन नसकेको जनाएको छ। कार्यक्रमका मुख्य आकर्षक नै नआएपछि उज्यालो पार्टी नेपालका उपाध्यक्ष राजेश पर्तेलको प्रमुख आथित्यतामा कार्यक्रम समापन गरिएको हो। अन्य स्थानको व्यस्थताका कारण अध्यक्ष अत्तरियाको सभामा उपस्थित हुन नसकेको पर्तेलले बताए।







डिसी नेपाल







Facebook Comment