मोहन्यालमा १४ जना कांग्रेस प्रवेश
धनगढी। विभिन्न पार्टी त्यागेर मोहन्याल गाउँपालिका-५ कटौजेमा १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कटौजेमा आयोजित चुनावी सभामा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन।
नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि लालबहादुर सार्की, आइते सार्की, गगन घर्तीमगर, जयबहादुर बिक, बेलीदेवी सार्की, किरण बुढामगर, सन्तोष थापामगर, नेकपा एमाले परित्याग गरेर अनिल घर्तीमगर, सुरज बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर प्रकाश थापामगर,युवाहरु लक्ष्मण घर्तीमगर, भीमबहादुर घर्तीमगर, हर्क पुन मगर र इन्द्रबहादुर सिजापति नेपाली कांग्रेस प्रवेश गरेका हुन्।
कांग्रेस प्रवेश गरेकाहरूले नेपाली कांग्रेसलाई उचाइमा पुगाउन आफू हरसंम्भव प्रयत्न गरिरहने बताए। उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।







डिसी नेपाल







Facebook Comment