भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन माग

डिसी नेपाल
९ फागुन २०८२ २२:५६
20
Shares

काठमाडौं। नेकपा (एमाले)ले शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले एमालेले मुलुकमा चुनाव नजिकिँदै गर्दा असुरक्षा र त्रासको वातावरण सिर्जना भएकाले शान्ति सुरक्षा कायम गर्न माग गरिएकौ बताए।

एमालेले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सरकारसँग माग गरिएको बताए। विभिन्न स्थानमा एमालेको चुनाव चिह्न ‘सूर्य’ अङ्कित झण्डा जलाउने तथा पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने गतिविधि तीव्र बनेको उल्लेख गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको प्रचार विभाग प्रमुख शाहीले बताए।

निर्वाचन घोषणा भएयता हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपाराधिक गतिविधि बढ्न सक्ने भन्दै यसअघि नै सरकारको ध्यानाकर्षण गराइएको थियो। पछिल्लो समय विभिन्न स्थानमा अमुक दलको नारासहित एमाले नेतृत्वविरुद्ध अभद्र व्यवहार तथा झण्डा जलाउने घटना भएको दाबी गर्दै पार्टीले यसलाई चुनावीद्वन्द्व निम्त्याउने षड्यन्त्रको भएको बताएको छ।

एमालेले रौतहटको गौरमा जारी अनिश्चितकालीन कफ्र्यूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पार्टीले यसले मतदाताको निर्भिक मतदान अधिकार प्रभावित हुने जनाएको छ। होली पर्वको अवसरमा अमुक पार्टी र त्यसका नेताको तस्बिर तथा चिह्न अङ्कित टिसर्ट वितरण गरिएको घटनालाई एमालेले आचारसंहिता उल्लङ्नको उदाहरणका रूपमा उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.