निर्वाचन आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुन आयोगलाई राप्रपाको आग्रह

डिसी नेपाल
१० फागुन २०८२ १९:११
8
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ।

‘ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?’, विज्ञप्तिमा उल्लेख छ।

रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्नेगरी भएका घटनाप्रति पार्टीले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न अपिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.