म्याग्दी र प्युठानमा भरूवा बन्दुक बरामद
काठमाडौं। म्याग्दी र प्युठानमा बरुवा बन्दुक बरामद भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका-७ ताकमस्थित ताकम सामुदायिक वनबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
प्युठानको मल्लरानी गाउँपालिका-३ लिखेपानीस्थित सडक छेउबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी चुजाठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment