डोटीको जीप दुर्घटनामा घाइते महिलाको मृत्यु
डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा- ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउँदको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउको, दुवै खुट्टा र छातीमा चोट लागेको थियो।
बोगटानबाट दिपायलतर्फ आइरहेको सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जीप धौलाबस्तीमा दुर्घटना चार जना घाइते भएका थिए।
यसैगरी जिपका चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ वर्षीय तीर्थ बोगटी र वडा नम्बर-३ मेल्टाका १९ वर्षीया शारदा साउद, १७ वर्षीया सिता साउद घाइते भएका छन्। सिताको अवस्था गम्भीर छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment