‘राम नाम सत्य’ को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पा
काठमाडौं। फिल्म ‘राम नाम सत्य’ ले गीत रिलिज गर्दै प्रचारप्रसार थालेको छ। आइतबार युट्युबमा यो फिल्मको गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ।
रोमान्टिक शैलीको गीतमा कलाकार विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ। गीतमा यी दुईजना रोमान्टिक देखिएका छन्। २७ चैतदेखि यो फिल्म प्रदर्शन तयारीमा छ। सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ।
माइकल इन्टरटेनमेन्ट हाउसको ब्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्। बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत फिल्ममा छ।
माइकल चन्दकै पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ। फिल्मले ‘पर्दा पछाडिको पर्दा’ को थिम बोकेको छ। फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारको अभिनय छ। फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ।







डिसी नेपाल







Facebook Comment