आफ्नो उम्मेदवारी नै त्यागेर रास्वपामा समाहित
धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा)बाट कैलाली-५ मा उम्मेदवार रहेका जगन्नाथ चौधरी आफ्नो पार्टी त्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
आफूले उठाउँदै आएका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका मुद्दा मिलेको बताउँदै उनी रास्वपामा समाहित भएका हुन्। ‘मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो। जुन रास्वपाका उम्मेदवारको पनि छ। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर उम्मेदवारी स्थगित गरेको हुँ,’ उनले भने।
चौधरीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै उम्मेदवार चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए। चौधरी गत निर्वाचनमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए। त्यतिबेला उनले पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।







डिसी नेपाल







Facebook Comment