कर्णालीमा निर्वाचनको सुरक्षाका लागि पन्ध्र हजार बढी सुरक्षाकर्मी परिचालन
काँक्रेविहार (सुर्खेत)। कर्णालीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मीहरू चुनावमा परिचालन गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहका अनुसार सो सङ्ख्यामा प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएको बताए।
पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन्। कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको छ। यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो।
कर्णालीमा रहेका सुर्खेत, रुकुम पश्चिम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका छ वटा विमानस्थल र नौ वटा कारागारको सुरक्षामा सेना खटिसकेको शाहले बताए।
कर्णालीमा १० लाख ३७ हजार २५० जना कुल मतदाता रहेका छन्। नौ सय ४१ मतदानस्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन्।







डिसी नेपाल







Facebook Comment