दाङको समृद्धिको नेतृत्व एमालेले गर्छ : शंकर पोखरेल

डिसी नेपाल
१२ फागुन २०८२ २०:५५

देउखुरी (दाङ) । नेकपा (एमाले) महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको समृद्धिको लागि एमालेको नेतृत्व लिनुपर्ने बताएका छन्।

दाङको घोराही उपमहानगरपालिका–१३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रको नेतृत्व गर्न सक्ने सक्षम र अनुभवी पार्टी एमाले मात्र भएको दाबी गरे।

उनले विगतका वर्षमा एमालेलाई जिताउन नसक्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि परेको उल्लेख गर्दै अबको निर्वाचनमा एमालेलाई सशक्त रूपमा जिताउनुपर्ने आवश्यकता औँल्याए।

‘केन्द्रमा एमालेको उपस्थिति राम्रो नभएसम्म दाङले अपेक्षित बजेट, योजना र नीतिगत प्राथमिकता पाउन सक्दैन’, उनले भन्नुभयो, ‘यो निर्वाचनमा एमालेले दाङको समृद्धिको नेतृत्व गर्छ।’

पोखरेलले दाङको पर्यटन प्रवद्र्धनतर्फ ध्यान दिँदै बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाए।

प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्भावनालाई उपयोग गर्दै दाङलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र बनाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.