एउटा केपी ओलीलाई हटाउन गरिएको जेनजी आन्दोलनको ५० खर्बको क्षति स्वीकार्य छैन : विश्लेषक केसी

डिसी नेपाल
१३ फागुन २०८२ १५:१६
1.1k
Shares

काठमाडौं। राजनीतिक विश्लेषक सुरेन्द्र केसीले संसद पुर्नस्थापनाको मुद्दालाई विचाराधिनमा राखिएको भन्दै न्यायाधीशहरुमाथि प्रश्न उठाएका छन्। बुधबार रुपान्तरित कांग्रेस र अबको गन्तव्य नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटा मुद्दा फैसला गर्न ६० वर्ष लगाउने गरेको भन्दै न्यायाधीशहरु दण्डणीय रहेको बताए।

उनले भने,‘न्यायाधीशहरु दण्डणीय छन्। किनकी कुनै एउटा मुद्दा फैसला गर्न ६० वर्ष लाग्ने भन्ने कुरा कल्पना गर्न पनि सकिँदैन। १०–१५ वर्ष अगाडि कुनै मुद्दा छिँनिदैन। यो संसद पुर्नस्थापनाको मुद्दापनि अहिले विचाराधिन छ। त्यसलाई विचाराधिनमा राख्नुपर्ने एउटा पनि कारण छैन। यहाँ चाँही जनताको रिस छ।’

त्यस्तै उनले राजनीतिक कुशासन र अव्यवस्थाले पारेको अप्ठ्यारोको विरुद्धको विष्फोटलाई जेनजी आन्दोलनको नाम दिनु भ्रम रहेको धारणा राखे।
‘जेनजीको आन्दोलन भनेको भ्रम हो। यो जेनजीको कुरा होइन। जे राजनीतिक कुशासन र अव्यवस्थाले हामीलाई अप्ठ्यारोमा पारेको थियो। त्यसको विरुद्धको विष्फोटन हो यो जसलाई कसैले टेक अफ गर्यो आफ्नो टाउकोमा खन्याँयो,’ उनले भने।

विश्लेषक केसीले जेनजी आन्दोलन केपी ओलीलाई हटाउन मात्र गरिएको प्रमाणित भएको भन्दै एउटा केपी ओलीलाई हटाउन ५० खर्बको क्षति स्वीकार्य नभएको तर्क गरे। केपी ओलीलाई हटाउने बाहेक पनि यसको केही लक्ष्य थियो भने त्यो रोडम्याप के हो त भन्दै केसीले प्रश्न गरे।

उनले भने,‘अहिले परिणामले के देखायो भने यो सम्पूर्ण कुरा केपी ओलीलाई हटाउन मात्र गरिएको रहेछ। एउटा केपी ओलीलाई हटाउन ५० खर्बको क्षति स्वीकार्य छैन। केपी ओलीलाई हटाउने बाहेक पनि यसको केही लक्ष्य थियो भने त्यो रोडम्याप के हो त ?चुनाव भन्दा अर्को त देखिएकै छैन। संविधान त्यही छ। अदालत त्यही छ। राष्ट्रपति त्यही छन्। अरु सबै संरचना त्यही छन्। त्यो विद्रोहको औचित्य कहाँ छ त ?।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.