ओलीलाई सघाउने हल्लाको रञ्जित तामाङले गरे खण्डन
काठमाडौं । झापा ५ मा नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने हल्ला चलेपछि त्यहाँ नेकपामा उम्मेदवार रहेका रञ्जित तामाङले तसको खण्डन गरेका छन् । उनले कसैसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन्।
आफूले आफ्नो पार्टी नेतृत्वसँग कुरा गरेको बताउँदै उनले चुनाबपछि कसैको बहुमत नआए गठबन्धन हुन सक्ने तर चुनाबअगाडि तालमेल नहुने स्पष्ट पारे । पछिल्ला केही दिनयता नेकपा र एमालेबीच तालमेल हुन लागेको दाबीसहित केही हल्ला चलेका छन् ।
तामाङले भने, उनले थपे, ‘आजको दिनमा हाम्रो कोहीसँग अलायन्स हुँदैन। कोही भ्रमित नहुनु। सबै भ्रमका पर्दाहरू च्यातेर मलाई मत दिनुहोस्।’ उनले गत सार्वजनिक बहसमा आफूले उठाएको किसान, भूमिहीन सुकुम्वासी, शिक्षा, स्वास्थ्य, रोजगार, युवालगायतको मुद्दामा अगाडि बढेको बताए।







डिसी नेपाल







Facebook Comment