धनुषामा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
जनकपुर। धनुषाको औरही गाउँपालिका वडा नं.६ मा एक जना पुरुषको शव फेला परेको छ। पुरुषको हात पछाडि बाँधिएको र धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ।
धनुषा प्रहरीका अनुसार शव फेला परेको पुरुष हंसपुर नगरपालिका ९ रुदौलीका सुमित मण्डल रहेका छन्। दिउँसो ४ः३० बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। अहिले धनुषा प्रहरीको टोली उक्त स्थानमा पुगेर अनुसन्धान गरिरहेको छ। थप जानकारी आउन बाँकी रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment