निर्वाचन सुरक्षा

सातै प्रदेशमा खटिए एआईजी

डिसी नेपाल
१५ फागुन २०८२ ७:३९
44
Shares

काठमाडौं। नेपाल प्रहरीले आगामी फागुन २१ गतेको निर्वाचनका लागि सात एआइजीलाई सात प्रदेशमा खटाइएको छ। प्रहरी प्रधानकार्यालयले निर्वाचन सुरक्षा चुस्त दुरुस्त बनाउनका लागि एआइजी खटाएको हो।

कोशीमा राजन अधिकारी, गण्डकीमा मनोज केसी, मधेशमा डम्बर विक, कर्णालीमा सुशीलसिंह राठौर, सुदूरपश्चिममा हिमालय शमशेर श्रेष्ठ र बाग्मती उमा प्रसाद चर्तुवेदी खटाइएको छ।

उनीहरुले निर्वाचन अवधिभर ती प्रदेशमा पुगेर चुनावी कमाण्ड सम्हाल्नेछन्। शान्ति सुरक्षा कायम गर्ने कही कतैबाट पनि सुरक्षामा कमी हुन नदिने गरी उनीहरुलाई जिम्मेवारीमा पठाइएको प्रहरी प्रधानकार्यालयले जनाएको छ।

उपत्यकामा इश्वर कार्कीले कमाण्ड सम्हाली रहेका छन्। काठमाडौँ उपत्यकाको सुरक्षाका लागि पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)र १५ जना प्रहरी उपरीक्षक (एसपी) लाई खटाइएको छ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जना एसएसपीलाई अनुगमनको जिम्मेवारी दिइएको हो। काठमाडौँका क्षेत्र नं १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतले पाएका छन्।

हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखारीमा कार्यरत एसएसपी बस्नेत यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए। एसपी हुँदा काठमाडौँ परिसरमा रहेर काम गरेका बस्नेतलाई महत्वपुर्ण चार वटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको छ।

यस्तै काठमाडौँ क्षेत्र नं ५, ६ र ७ मा सोमेन्द्र सिंह राठौरले जिम्मेवारी पाएका छन्। राठौर पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमै कार्यरत छन्। क्षेत्र नं ८, ९ र १० को सुरक्षा अनुगमनको जिम्मेवारी एसएसपी नवराज अधिकारीले पाएका छन् । अधिकारी हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुन्।

ललितपुर र भक्तपुरमा पनि एक एक जना एसएसपी अनुगमनमा खटिनेछन्। ललितपुरमा एसएसपी सन्तोष खड्का र भक्तपुरमा प्रविण धिताललाई जिम्मेवारी दिइएको छ। काठमाडौँमा एसएसपी रमेश थापा र ललितपुरमा एसएसपी होबिन्द्र बोगटी छन्। भक्तपुरमा एसपी सूर्यबहादुर खड्का प्रहरी प्रमुख छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.