पार्टीका जिल्ला अध्यक्ष नै अर्को पार्टी प्रवेश
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी जिल्लाको चुनावी कमाण्डर पनि थिए ।
पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईकै गृहजिल्लाका अध्यक्ष नै पार्टी छाडेर हिँडेपछि जसपा खोटाङमा खैलाबैला भएको छ । जिल्ला अध्यक्ष निर्मल राईले आफूसहित ३७ जनाको समूह साथमै लिएर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा गएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment