राष्ट्रिय हितको पक्षमा भएका सबै शक्ति एकताबद्ध हुनु आजको आवश्यकता : ईश्वर पोखरेल

डिसी नेपाल
१५ फागुन २०८२ १७:२९
8
Shares

काठमाडौं । आम जनता पार्टीबाट काठमाडौं क्षेत्र नं ५ उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मदवारी फिर्ता लिएकी छिन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले आफूले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन जानाउन उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन्।

कार्यक्रममा उम्मेदवार पोखरेलले एमालेले सामाजिक सद्भावको मुद्दालाई महत्वकासाथ उठाएको भन्दै देशमा भएको विविधतालाई देशको तागत र शक्तिको रुपमा लिनुपर्ने धारणा राखे।

उनले देशको तागतलाई विथोल्न खोज्ने गलत तत्वलाई अन्त्य गर्ने एमालेको अडान रहेको धारणा राखे।

उनले भने,‘एमालेले सामाजिक सद्भावको मुद्दालाई महत्वकासाथ उठाएको छ। यो हाम्रो देशमा भएको विविधतालाई हाम्रो देशको तागत र शक्तिको रुपमा लिनुपर्छ। यसलाई विथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन् ती चिजलाई अन्त्य गर्नुपर्छ भन्ने एमालेको अडान हो। आज कोमल जीले एमालेलाई दिएको समर्थनले एमालेको सामाजिक सद्भाव र यसैको जगमा टिकेको राष्ट्रिय एकतालाई समर्थन गर्नु हो।’

त्यस्तै उनले एमालेले अबको राजनीति सेवा प्रवाहमा केन्द्रीत हुनुपर्छ भनेर जोड दिएको बताए।

विगतमा एमालेले अघि सारेका विकासका कामहरुमा ढिलाई भइरहेको बताउँदै उनले एमालेले त्यसलाई तीव्र रुपमा अगाडि बढाउने दाबी गरे।

राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.