आज शनिबार, कस्ताे छ तपाईंको राशिफल?

डिसी नेपाल
१६ फागुन २०८२ ६:०७
344
Shares

मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ। आम्दानीका स्रोतसँगै खर्च पनि बढ्नेछ। धार्मिक क्षेत्रको व्यापारबाट भने फाइदा हुनेछ। स्वास्थ्यमा सुधार भए पनि राजनीतिक क्षेत्रमा भय बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : गुरुको साथ मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। मानसम्मान बढ्ने दिन छ। अपेक्षा अनुसार बन्धुको साथ मिल्नेछ। परिवारको काम देखेर मन अशान्त बन्नेछ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : भाग्य बलियो भएकाले सोचेको काम बन्नेछ। बोलीको प्रभाव हुने भएकाले परोपकार भावले अघि बढ्नु होला। आफ्नो क्षमता पहिचान गर्न नसक्दा संकट पर्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन सहज नभएकाले थोरै बोल्नु उचित हुनेछ । राम्रो कामको जस अरुले लिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । अरुको गल्तीको भागिदार बन्नुपर्ने भएकाले मन अशान्त बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

कन्या : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँग रमाइलो घुमघाम तय हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

तुला : दिन राम्रो छ। सहजै काम बन्नेछ। राज्यको जिम्मेवारी प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुनेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमासमेत रमाइलो वातावरण बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानी सफल हुनेछ। खुट्टा तान्ने साथीसँग गोपनीयता भंग भएमा घाटा हुनेछ। परिवारसँग सल्लाह गरेर गरेको कामले मनमा उत्साह बढ्नेछ।

धनु : सहकर्मीसँगको सहकार्यले दिन सहज बन्नेछ। औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। आफन्तबाट धोका हुनसक्छ। कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : चिट्ठामा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको साहसले तपाईंको उचाइ बढ्नेछ। बौद्धिक साथीले प्रशंसा गर्ने हुँदा शिक्षाको क्षेत्रमा हिम्मत गर्नु उचित हुनेछ।

कुम्भ : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खर्च बढ्नेछ। मानसम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा नम्रता आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खर्च बढ्ने छ। राम्रो बोले पनि विरोध हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्राको सुरुवात गरेमा सफल बन्नेछ। गुरुको सल्लाहले परिवारमा शान्ति मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.