बिर्तामोडमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काठमाडौं। झापाको बिर्तामोड नगरपालिका-४ स्थित कञ्चनजंजघा स्कुल नजिकको भित्री सडकखण्डमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका-१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार कन्काई नगरपालिका-६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न कार चालक बिर्तामोड नगरपालिका-६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment