रास्वपा छाडेर एमालेमा
काठमाडौं । केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ पुनः एमालेमा फर्किएका छन् ।
गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काएकी हुन् । पार्टी स्रोतका अनुसार गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पुनः एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएका हुन् । उनी लामो समयदेखि एमालेको संगठन निर्माण र स्थानीय तहको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment