सर्लाहीमा दम्पती मृत भेटिए, घटना शंकास्पद

डिसी नेपाल
१६ फागुन २०८२ १६:३७
124
Shares

सर्लाही। बलरा नगरपालिका– १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।

शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए।

सूचना पाउना साथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको छ। स्थानीयका अनुसार घटना शंकास्पद रहेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार घटनाको कारणबारे यकिन भइसकेको छैन।

दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.