सर्लाहीमा करिव चारसय कार्यकर्ता एमाले प्रवेश

डिसी नेपाल
१६ फागुन २०८२ १६:५९
5.6k
Shares

सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा सर्लाहीमा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ।

कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको रामनगर गाउँपालिका–२ खैर्वा इनर्वाबाट करिब चार सय कार्यकर्ताले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

शनिबार एक कार्यक्रमकाबीच पूर्व संविधानसभा सदस्य शिवपुजन राय यादवले नवप्रवेशीहरूलाई टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले एमालेले अघि सारेको विकास र सुशासनको एजेन्डालाई जनतामाझ थप प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय तहमा भएको यस सामूहिक प्रवेशलाई आसन्न निर्वाचनसँग जोडेर हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस घटनाले एमाले उम्मेदवार अमनिस यादवलाई सर्लाही क्षेत्र नम्बर ४ मा थप बल पुगेको छ। निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने सर्लाहीको चुनावी समीकरण दिनप्रतिदिन रोचक बन्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.