राष्ट्रिय मुक्तिका उम्मेदवार मण्डलले गरे सप्तरी ३ मा कांग्रेसलाई समर्थन
राजविराज। सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका गजेन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्।
मण्डलले कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन्। मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ। शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ।
सहमति पत्रमा नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन्।
योसँगै सप्तरी ३ मा कांग्रेसका उम्मेदवार यादव बलियो बन्दै गएका छन्। शुक्रबारमात्र रुपनी गाउँपालिकाका पूर्व वडाध्यक्षसहित जसपा नेपालका दर्जनौँ युवा कांग्रेसमा प्रवेश गरेका थिए।







डिसी नेपाल







Facebook Comment