लघुकथा : नागरिक

ईश्वर पोखरेल
१७ फागुन २०८२ १२:४४
12
Shares

कसैको चुनावी सभामा गएन रामकृष्ण।

आ-आफ्नो उम्मेदवारको चुनाव प्रचारप्रसारमा श्रीमती हिँडिन्, दाजु हिँड्यो, भाइ हिँड्यो; बहिनी हिँडी छोराछोरी पनि हिँडे तर रामकृष्ण हिँडेन।

छिमेकीले सोध्यो- “चुनावको बेला पनि तपाईं त निरपेक्ष जस्तै हुनुहुन्छ। कतै हिँडेको पनि देखिँदैन। मतदान पनि गर्नु हुन्न?”

रामकृष्णले भन्यो- “मतदान किन नगर्नु, गर्छु। निर्वाचन आफूलाई ‘यसले राम्रो गर्छ भन्ठानेको दल र उम्मेदवारका पक्षमा मत दिने उत्सव हो’। तर मतदान गर्न चुनावको प्रचार-प्रसारमा हिँड्नु पूर्वशर्त भने होइन।”

छोरीले गुनासो गरी-“बालाई त बाले भोट दिने पार्टी र उम्मेदवारले पनि नचिन्ने भो।”

रामकृष्णले भन्यो- “मैले पार्टी र उम्मेदवार चिन्ने हो । तिनले मलाई नचिने पनि हुन्छ।”

रामकृष्ण केही रोकिए। र, फेरि भने- “मैले भोट दिने पार्टी र उम्मेदवारले लोकतन्त्रको राम्रो अभ्यास स्थापित गरे मलाई पुग्छ । एक नागरिकको तहमा त्यो राम्रो अभ्यासको लाभ मसम्म पनि आई पुग्छ।”

रामकृष्णले हाँस्दै भन्यो- “त्यति भए पुग्दैन र!”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.