साझा जनप्रतिनिधिको रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्छुः महासचिव पोखरेल
देउखुरी (दाङ) । नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन्।
नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले दाङको समृद्धिका लागि सङ्कल्पपत्र तयार परेर आफू निर्वाचनमा होमिएकाले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको बताए। आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औँल्याए।
केन्द्रमा सशक्त उपस्थितिबिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै महासचिव पोखरेलले आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने बताए। आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै उहाँले बाँकी अधुरा योजना सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे।
दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चार लेन सडक समयमै सम्पन्न गर्ने महासचिव पोखरेलले प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य क्षेत्रतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययन सुरु हुनु जिल्लाका लागि ऐतिहासिक उपलब्धि भएको महासचिव पोखरेलको भनाइ थियो।







डिसी नेपाल







Facebook Comment