आज मध्य रातिदेखि सर्लाहीका नेपाल-भारत सीमा नाका बन्द हुने
सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल-भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज ( फागुन १८ गते ) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि सिमा नाका पूर्ण रूपमा बन्द रहनेछ। यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ।
गत बुधबार बसेको जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति-सुरक्षा सुदृढ बनाउन सीमा क्षेत्रमा विशेष निगरानी र चेकजाँच बढाइनेछ।







डिसी नेपाल







Facebook Comment