ट्रम्पले छाने इरानको नयाँ शासक

डिसी नेपाल
१८ फागुन २०८२ ११:४९
992
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानमा शासन परिवर्तनको घोषणा गर्दै तीन सम्भावित नेताहरू पहिचान गरेको दाबी गरेका छन्। न्यूयोर्क टाइम्ससँगको कुराकानीमा उनले “तीन उत्कृष्ट विकल्प” रहेको बताए तर नाम खुलाएनन्।

संयुक्त अमेरिकी-इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र राष्ट्रपति मसउद पेझेश्कियन निशाना बनेको एबीसी न्यूजले जनाएको छ। खामेनी मारिइसकेका छन् र अहिले शासनको नेतृत्व पेजेश्कियानले गरिरहेका छन् ।

आक्रमणपछि भिडियो सम्बोधनमार्फत ट्रम्पले इरानी जनतालाई विद्रोह गर्न आह्वान गर्दै भने, “यो तपाईंहरूको स्वतन्त्रताको घडी हो। साहसी बन्नुहोस्, निर्भीक बन्नुहोस्, वीर बन्नुहोस्, र आफ्नो देश पुनः प्राप्त गर्नुहोस्। अमेरिका तपाईंहरूसँग छ।”

ट्रम्पले इरानको आणविक खतरा समाप्त गर्ने उद्देश्यभन्दा बाहिर गएर शासन परिवर्तनलाई उचित ठहर गरे। उनले इरानीहरूलाई संघर्षपछि आफ्नो सरकार कब्जा गर्न आग्रह गर्दै यो पुस्तौँसम्मको एक मात्र अवसर भएको बताए।

“धेरै वर्षदेखि तपाईंहरूले अमेरिकाको सहयोग माग्नुभयो तर कहिल्यै पाउनुभएन। अब तपाईंहरूसँग यस्तो राष्ट्रपति छ जसले तपाईंहरूलाई चाहिएको सहयोग दिइरहेको छ,” उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.