काठमाडौंको ट्राफिक व्यवस्थापनमा निर्वाचन प्रहरी, ट्राफिक प्रहरी अन्यन्त्रै खटाइयो

डिसी नेपाल
१८ फागुन २०८२ १५:१०
20
Shares

काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकामा सवारी चाप घट्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निर्वाचन तयारीका कारण उपत्यकाबाट ठूलो संख्यामा जनशक्ति बाहिरिएकाले सवारी आवागमनमा उल्लेखनीय कमी आएको बताए।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले उपत्यकामा उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार हाल रहेको करिब ८० प्रतिशत जनशक्ति उपत्यका बाहिर खटाइएको छ।

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक प्रहरीहरूलाई विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशमा पठाइएको उनले बताए। उपत्यकामा जनशक्ति अभाव नहोस् र सवारी व्यवस्थापन सहज बनोस् भन्ने उद्देश्यले निर्वाचन प्रहरीलाई सडकमा खटाइएको सुवेदीले स्पष्ट पारे।

उनले भने, ‘सवारी चाप घट्दै गइरहेको छ। हामीसँग भएको भ्याकलहरु अधिकतम प्रयोग गर्ने तयारी गरेका छौं। ८० प्रतिशत मेनपावर उपत्यका बाहिर पठाइएको छ। सहजताको लागि निर्वाचन प्रहरी सडकमा खटाएका हौं। ट्राफिक प्रहरीहरूलाई खासगरी मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेशमा पठाइएको छ।’ निर्वाचनका कारण सर्वसाधारण बाहिरिँदा उपत्यकाभित्र सवारी चापमा कमी देखिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.